आज संकष्टी चतुर्थी व्रत, गणेशजीको पूजा गरे हुन्छ सारा कष्ट दुर | Khabarhub Khabarhub

आज संकष्टी चतुर्थी व्रत, गणेशजीको पूजा गरे हुन्छ सारा कष्ट दुर


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ ।

सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी हो । यस दिन भगवान गणेशजीका साथै भगवान शिव, देवी माता पार्वती, कार्तिकेय, नन्दी एवम् चन्द्रदेवको पुजा गर्ने परम्परा छ ।

महिलाहरु आफ्नो सन्तानको दीर्घायु र खुशीयाली जीवनको कामनाकालागी यो व्रत राख्ने गर्दछन् । नारद पुराणका अनुसार यस दिन भगवान गणेशको आराधनाले सुख, सौभाग्यमा वृद्धि तथा घरपरिवारमा रहेको विघ्न बाधाबाट मुक्ति मिल्दछ । साथै रोकिएको मांगलिक कार्य समेत सम्पन्न हुने धार्मीक मान्यता छ । यस चतुर्थीमा चन्द्रमाको दर्शन गरे गणेशजीको दर्शनका पुण्य फल मिल्दछ ।

यस व्रतका दिन भगवान गणेशको विधिपूर्वक आराधना गर्नुपर्दछ । गणेशलाई तिलको लड्डुको भोग लगाउनु पर्दछ । शास्त्रका अनुसार यस दिन संकल्प लिएर व्रत गर्नेहरुले प्रातःदेखि चन्द्रोदयसम्मको अवधीमा नियमपूर्वक रहनु पर्दछ । सांयकालमा काठको पिर्कामा रातो कपडा ओछ्याएर माटोद्धारा गणेश एवमु चर्तुथी माताको स्थापना गर्नु पर्दछ । त्यस पश्चात निष्ठापूर्वक पुजा सामाग्रीद्धारा पुजा गरी नैवेद्य अर्पण गर्नुपर्दछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०९ बजे

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न

कलैयाका पूर्वनिमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,

एनसेल फाउन्डेसनले एनपीएल सिजन २ का हरेक चौकाबापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले यस वर्ष पनि  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिने

काठमाडौं- केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको