‘मिस नेवाः नेपाल’ले देखाए प्रतिभा « Khabarhub

‘मिस नेवाः नेपाल’ले देखाए प्रतिभा


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्र वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को १५ औं संस्करणका प्रतियोगीहरुले आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । ‘नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१’ का रुपमा हुने प्रतियोगिताका प्रतियोगीहरुले कीर्तिपुरको सःसः त्वाःमा आयोजित ‘मिस नेवाः नेपाल ट्यालेन्ट शो’ मा आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले ‘सिसंया देगु’ बोलको गीतमा नृत्य गर्दा मनिकाले खड्गीकुमारी नृत्य देखाइन् । त्यस्तै रुचिका तण्डुकार, कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य गरे ।

पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमाम निषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कवितावाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले बाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

No description available.

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिनकाइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायबमहाप्रबन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेका थिए ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले ट्यालेन्ट शोमा प्रतियोगिहरुले प्रस्तुत गरेको प्रतिभाका आधारमा ‘मिस नेवाः नेपाल ट्यालेन्टेड’ चयन गरिने तथा सो उप–उपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन घोषणा गरिने बताइन् । यस वर्षको ‘मिस नेवाः नेपाल’ आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य र सुनीता डंगोल हुन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ५८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले