उपराष्ट्रपति पुनले पाए कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी | Khabarhub Khabarhub

उपराष्ट्रपति पुनले पाए कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छन् ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आज राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ५ : १८ बजे

लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ : संयोजक दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री

प्रधानमन्त्रीसँग जेन–जी युवाको भनाभन : बारबरा फाउन्डेसनको बचाउ गरिन्, जनमत संग्रहबारे कुरै सुन्न मानिनन्

काठमाडौं– जेन-जी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारपक्षबीच मंगलबार बालुवाटारमा

ओलीको टिप्पणी : अचानक पलाएको सरकारका धाक-धम्कीसँग हामी डराउँदैनौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

जेन-जीका नाममा जलाइएको बालकोटस्थित घरमा ओली (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४

अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र प्रक्षेपण

सियोल- उत्तर कोरियाले बुधबार बिहान धेरै वटा छोटो दूरीका ब्यालेस्टिक