संसद विघटनविरूद्धको मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो « Khabarhub

संसद विघटनविरूद्धको मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस आजबाट सकिएको छ।

संवैधानिक इजलासमा आज रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन्।

संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ। अब भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई १४ रिट निवेदन दर्ता भएको थियो।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : २७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल