सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित) « Khabarhub

सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् ।

सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी दिएका हुन् ।

उनले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।

प्रतिनिधिसभा नरहेकाले सुनुवाई हुने अवस्था नरहेकाले र अनुकुल परिस्थिति नदेखिएको तथा विगतको नजिरलाई हेरेर पत्र फिर्ता गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै सभामुखलाई जानकारी नदिई संवैधानिक परिषद्को बैठक बसेर सिफारिस गरिएकोले संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ को नियम ६ बमाोजिम सभामुखले आफूमा निहित अधिकार प्रयोग गरी सवै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको प्रवक्ता पाण्डले बताए ।

उनले सुनुवाई समितिले ४५ दिनभित्र सुनुवाई गर्नुपर्ने र समिति नभएको अवस्थामा नाम फिर्ता पठाउने विगतको नजिर रहेको समेत जानकारी दिए ।

यसअघि पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि पत्राचार गरेको थियो ।

संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाई गर्नुपर्ने प्राबधान छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : १७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले