विप्लव समूहका ५ कार्यकर्ता पक्राउ « Khabarhub

विप्लव समूहका ५ कार्यकर्ता पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा, त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईली रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ०१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले