म्यानमारमा सैन्य प्रवेश निन्दनीय : कांग्रेस « Khabarhub

म्यानमारमा सैन्य प्रवेश निन्दनीय : कांग्रेस


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमार घटनामा विरोध गरेका छन् । नेतृ आङ सान सूचीसहित राष्ट्रपति र शीर्ष नेतालाई सेना नियन्त्रणमा लिएकोमा प्रवक्ता शर्माले विरोध जनाएका हुन् ।

सोमवार एक ट्वीट गर्दै उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको समेत बताए । उनले निर्वाचनको निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको समेत टिप्पणी गरेका छन् ।

साथै उनले रोहिङ्या सामुदायमाथि भएको व्यवहारलाई पनि सम्झिएका छन् ।

प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्- ‘निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनिय ! यधपी रोहिङ्या समुदायमाथि सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियो । तर, मानवीयताको बाटो फेरि पनि लोकतन्त्र नै हो । हामी हरेक प्रतिगमनविरुद्ध छौं देशमा होस् या परदेशमा ।’

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ४० बजे

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित