सभामुखले राष्ट्रिय सभाको अपमान गरेको अध्यक्ष तिमिल्सिनाको आरोप (भिडियोसहित) | Khabarhub Khabarhub

सभामुखले राष्ट्रिय सभाको अपमान गरेको अध्यक्ष तिमिल्सिनाको आरोप (भिडियोसहित)


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएकोमा विरोध जनाएका छन् ।

अध्यक्ष तिमल्सिनाले सभामुखको कदमले राष्ट्रियसभाको गरिमामा प्रहार भएको आरोप लगाएका छन् । सभामुखको पत्रमा संघीय संसद र संसदीय समितिहरुको सञ्चालन, व्यवस्थापन समेतको अधिकार आफूमा निहित भएको भन्ने व्यहोरामा उनले आपत्ति प्रकट गरेका हुन् । उनले भने, ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो ।’

अध्यक्ष तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गरी गत पुस ३ गते बैठक राखेर विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि ४५ जनाको नाम सिफारिस गरेका थिए ।

हेरौँ भिडियो

बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको बैठकमा नियुक्तिको सिफारिस गरेको थियो ।

सभामुख सापकोटाले भने नियुक्ति सिफारिससम्बन्धी पत्र आइतबार संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ३ : ५८ बजे

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको अवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब ६० मानिसमध्ये २० लाख

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न