दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित | Khabarhub Khabarhub

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा अस्पताल संकटमा गुज्रँदै गएको छ । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट संघ मातहतमा राखिएपछि झनै संकटमा परेको छ ।

सो अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।
“अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौजना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्”, उनले भने ।

हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि चारजना मात्र रहेका डा विष्टले बताउनुभयो । तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए ।

दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन् । टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  १० : ५७ बजे

एमालेले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापना गर्न जनप्रतिनिधि खटाउने

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक प्रकोपका बेला पार्टीका जनप्रतिनिधिलाई

राजेन्द्र लिङ्देनको टिप्पणी – विपदको क्षति न्यूनिकरणमा सरकार चुक्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद

बाढीले बेहाल बागमतीको सुकुम्बासी बस्ती (तस्बिरहरू)

काठमाडौं- थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती शुक्रबार र शनिबारको

इरानमा बाढीका कारण १५ जनाको मृत्यु

एजेन्सी– इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

गलकोट- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन