सञ्चारमन्त्री गुरुङले गरे ‘माउट केटू’ आरोही टोलीको सम्मान « Khabarhub

सञ्चारमन्त्री गुरुङले गरे ‘माउट केटू’ आरोही टोलीको सम्मान


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हालै विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटूको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको टोलीलाई सम्मान गरेका छन् ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गौरीशंकर गाउँपालिका, दोलखा र गौरीशंकर गाउँपालिका कार्यालय वडा नं. ९ को कार्यालयले संयुक्त रुपमा आरोहण टोलीलाई सम्मान गरेको हो ।

विश्वको दोस्रो सर्वोच्व शिखरमा हिउँदको मौसममा पहिलोपटक सफल आरोहण गरेर किर्तिमानी कायम गरेको खुसियालीमा सञ्चारमन्त्री गुरुङले सम्मान गरे ।

सो अवसरमा मन्त्री गुरुङले विश्वसामू नेपालको नाम राखेकोमा सारा नेपाली खुशी भएको बताए ।

त्यस्तै उनले मुलुकलाई समृद्ध बनाउनका लागि आफूहरु प्रयत्नशिल रहेको धारणा राखे ।

यस्तै केटु हिमाल आरोही टिमका सदस्य मिङ्मा शेपाले नेपालको नाम विश्वमा चिनाउने उद्देश्यका साथ हिमाल आरोहणमा गएको बताए ।

नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ०० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले