सञ्चारमन्त्री गुरुङले गरे ‘माउट केटू’ आरोही टोलीको सम्मान « Khabarhub

सञ्चारमन्त्री गुरुङले गरे ‘माउट केटू’ आरोही टोलीको सम्मान


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हालै विश्वकै दोस्रो अग्लो शिखर माउन्ट केटूको सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको टोलीलाई सम्मान गरेका छन् ।

सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गौरीशंकर गाउँपालिका, दोलखा र गौरीशंकर गाउँपालिका कार्यालय वडा नं. ९ को कार्यालयले संयुक्त रुपमा आरोहण टोलीलाई सम्मान गरेको हो ।

विश्वको दोस्रो सर्वोच्व शिखरमा हिउँदको मौसममा पहिलोपटक सफल आरोहण गरेर किर्तिमानी कायम गरेको खुसियालीमा सञ्चारमन्त्री गुरुङले सम्मान गरे ।

सो अवसरमा मन्त्री गुरुङले विश्वसामू नेपालको नाम राखेकोमा सारा नेपाली खुशी भएको बताए ।

त्यस्तै उनले मुलुकलाई समृद्ध बनाउनका लागि आफूहरु प्रयत्नशिल रहेको धारणा राखे ।

यस्तै केटु हिमाल आरोही टिमका सदस्य मिङ्मा शेपाले नेपालको नाम विश्वमा चिनाउने उद्देश्यका साथ हिमाल आरोहणमा गएको बताए ।

नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : ०० बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको