सोमबारसम्म १ लाख १३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप  | Khabarhub Khabarhub

सोमबारसम्म १ लाख १३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप 


१९ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिनसम्म १ लाख १३ हजार १७५ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

पहिलो चरणको खोप लगाउन अब चार दिन मात्र बाँकी भएकोले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ९ : २२ बजे

बागलुङको बरेङमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

बागलुङ– बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव

सिरिया – सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा

संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला

गोरखा– गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको

स्वास्थ्य बीमा भएका काठमाडौंका वडामा निःशुल्क भिडियो एक्स-रे सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको

बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब