४ वर्ष बित्यो, भूकम्पले भत्किएका ४ सय ९ स्वास्थ्य संस्था अझै बनेनन् « Khabarhub

४ वर्ष बित्यो, भूकम्पले भत्किएका ४ सय ९ स्वास्थ्य संस्था अझै बनेनन्


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चार वर्षअघि आजकै दिन गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्किएका  ४ सय ९ वटा स्वास्थ्य संस्थाको अझै पुनःनिर्माण हुन सकेको छैन ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशभरका १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थाहरु भत्किएका  थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकारणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ सय ९ वटा स्वास्थ्य संस्थाहरुको अझैसम्म पुन: निर्माण शुरु भएको छैन ।

पुनः निर्माण शुरु नभएका स्वास्थ्य संस्थाहरुमध्ये १ सय ८१ पूर्ण क्षति भएका र २ सय २८ वटा आंशिक क्षति भएका छन् ।

भूकम्पले भत्किएका स्वास्थ्य संस्थामध्ये ६ सय ४३ वटा पुनःनिर्माण सम्पन्न भएको प्राधिकारणले जनाएको छ । जसमा ३ सय १२ वटा पूर्ण क्षति भएका थिए भने ३ सय ५३ वटा आंशिक क्षति पुगेको थियो ।

२०७२ सालमा गएको भूकम्पले भत्काएका १ सय ४५ वटा स्वास्थ्य संस्थाको पुन: निर्माणको काम भइरहेको प्राधिकारणले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : १७ बजे

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै