आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट ल्याउन सुझाव | Khabarhub Khabarhub

आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट ल्याउन सुझाव


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले उच्च आर्थिक वृद्धिदर कायमै हुने गरी बजेट निर्माण गर्न आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले तीन वर्षयता लगातार कायम हुँदै आएको उच्च आर्थिक वृद्धिदरलाई कायमै हुने गरी सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माणमा आवश्यक सुझाव दिन सरोकारवाला निकायलाई आग्रह गरेका हुन् ।

बुधबार काठमाडौंमा आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना गरिएको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले व्यापार घाटा कम गराउने विषयमा पनि सरकारलाई सुझाव दिन सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले विपद व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा पनि सरकारलाई परामर्श दिनुपर्ने खाँचो पनि औंल्याए । सरकारले आगामी आर्थिक वर्षको बजेट आगामी जेठ १५ गते सार्वजनिक गर्दैछ । नेपाल राष्ट्र बैंकले बजेट ल्याउन सरकारको प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने गर्दछ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ४९ बजे

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको

विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक

प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक