नख्खु कारागार पुगेर मन्त्री थापाले भेटे ‘विप्लव’ नेता ओली « Khabarhub

नख्खु कारागार पुगेर मन्त्री थापाले भेटे ‘विप्लव’ नेता ओली


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

आज विहान १० बजेतिर नख्खु कारागारमा गएर मन्त्री थापाले ओलीलाई भेटेका हुन् । विप्लव नेकपासँग सरकारले वार्ताको तयारी गरेको चर्चा चलिरहँदा मन्त्री थापाले ओलीलाई कारागारमै पुगेर भेटेका हुन् ।

मन्त्री थापाले वार्ताको वातावरण बनाउन ओलीलाई कारागारमै पुगेर भेटेको उनको सचिवालयले पुष्टि गरेको छ ।

सरकारले २०७५ फागुन २९ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि मन्त्रीस्तरबाट पहिलोपटक सो समूहका नेतालाई भेटेको हो ।

विप्लवको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत रहेका ओलीलाई नख्खुमा बम विस्फोटको मुख्य योजनाकारको आरोपमा २०७५ चैत्र ८ मा काभ्रेबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ४७ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी