नख्खु कारागार पुगेर मन्त्री थापाले भेटे 'विप्लव' नेता ओली | Khabarhub Khabarhub

नख्खु कारागार पुगेर मन्त्री थापाले भेटे ‘विप्लव’ नेता ओली


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् ।

आज विहान १० बजेतिर नख्खु कारागारमा गएर मन्त्री थापाले ओलीलाई भेटेका हुन् । विप्लव नेकपासँग सरकारले वार्ताको तयारी गरेको चर्चा चलिरहँदा मन्त्री थापाले ओलीलाई कारागारमै पुगेर भेटेका हुन् ।

मन्त्री थापाले वार्ताको वातावरण बनाउन ओलीलाई कारागारमै पुगेर भेटेको उनको सचिवालयले पुष्टि गरेको छ ।

सरकारले २०७५ फागुन २९ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि मन्त्रीस्तरबाट पहिलोपटक सो समूहका नेतालाई भेटेको हो ।

विप्लवको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत रहेका ओलीलाई नख्खुमा बम विस्फोटको मुख्य योजनाकारको आरोपमा २०७५ चैत्र ८ मा काभ्रेबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ४७ बजे

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’

काठमाडौँ – परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित

मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए

नयाँदिल्ली- गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा