१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर « Khabarhub

१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाका एक समाज सेवीले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँढेका छन् ।

ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गरेका हुन् ।

व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताए ।

सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बुढाले जिल्लामै नमूना काम गरेको बुढाको भनाइ छ ।

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताए ।

घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उनको  भनाइ छ ।

त्यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।

‘वनजङ्गल जोगाउन विद्युतीय चुल्हो, ग्यास चुल्होलगायत इन्धनको वैकल्पिक स्रोत खोज्न आवश्यक छ’, उनको भनाइ छ । ग्यासको प्रयोगबाट समय पनि बचत हुने र स्वास्थ्यलाई पनि कष्ट नहुने उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १ : ५२ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने