काठमाडौं – कलाकार सुष्मा कार्कीले आफू कुटिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
मंगलबार दिउँसो उनले काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा आफू पबमा कुटिएको भन्दै उजुरी दिएकी हुन् ।
सुष्माले कलाकार स्वेता खड्काकी बहिनी आरती खड्का र रंगपत्रकार उत्सव रसाइलीले आफूविरुद्ध गालीगलौज र कुटपिट गरेको भन्दै उजुरी दिएकी हुन् ।
सोमबार साँझ श्वेता, उनका श्रीमान् विजयन्द्र सिंह रावत, स्वेताकी बहिनी आरती र रंगपत्रकार उत्सव रसाइली लण्डन पब पुगेका थिए । सोही पबमा सुष्मा पनि आफ्ना साथीहरूसँग पुगेकी थिइन् ।
पबमा यी दुईबीच कुराकानीका क्रममा झगडा भएको थियो । उजुरीमा सुष्माले आफूमाथि कुटपिट भएको उल्लेख गरेकी छिन् ।
प्रहरीले भने दुवै पक्षलाई बोलाएर कुराकानी गराउने तयारी गरेको छ ।
प्रतिक्रिया