गलामा हिराको हार, मंहगा कपडा र चस्मा लगाउने बेलायती कुकुर | Khabarhub Khabarhub

गलामा हिराको हार, मंहगा कपडा र चस्मा लगाउने बेलायती कुकुर


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको समयमा हरेक मानिस आरामदायी जीवनयापन गर्न चाहन्छन् । यहि सपना पुरा गर्न मानिसहरु कडा मेहनत गर्दछन् । तर कतिपय अवस्थामा आरामदायी जीवन जिउने सपना पुरा नहुँदा मानिसहरु जिवनभर मेहनत गरिरहन्छन् । तर विश्वमा भने यस्तो एक कुकुर छ जसले सुखसयलमा बाचिरहेका मानिसभन्दा पनि कैयौं गुणा राजसी जीवन बिताइरहेको छ ।

बेलायतको वेल्समा एउटा यस्तो कुकुर छ जसले विश्वका कैयौं धनी मानिसभन्दा शानदार जीवन बिताउदै आएको छ । पत्यार नलाग्ला तर यस कुकुरका साथमा आफ्नै ब्याट्रीबाट चल्ने कार छ जसमा उ नियमित घुम्दछ । यतिमात्र होइन उसको गलामा बहुमुल्य हीराको पट्टा समेत छ ।

यसरी शानदार जीवन बिताउने कुकुरको नाम फैबियो हो । जसलाई बेलायकी एलिसा थोर्नेले पालेकी छिन् । एलिसा यसलाई सुखसयलका साथ राख्दै आफ्नै सन्तान सरह पाल्दै आएकी छन् ।

एलिसाले यस कुकुर किन्न नेपाली करीब ४ लाख रुपैया बराबर खर्च गरेकि छिन् । साथै अहिलेसम्म त्यस कुकुरको पालन पोषण्मा मात्र २० लाखभन्दा बढि खर्च भइसकेको छ ।

गत क्रिसमसमा एलिसाले फैबियोलाई ११ लाखभन्दा बढिको उपहार दिएकी थिइन् । उक्त कुकुरले प्रयोग गर्ने, चस्मा, कपडा लगायतका सामाग्री हजारौंको रहने गरेको छ । एलिसाका अनुसार फैबियोको खानामा मात्र मासिक १० हजारभन्दा बढि खर्च हुने गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ५ : ४४ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई