नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की « Khabarhub

नारा–जुलुसले न्यायालयमा त्रासको वातावरण सिर्जना गर्छ : न्यायाधीश कार्की


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताएका छन ।

न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत पुगेका न्यायाधीश कार्कीले आज सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गरेका हुन ।

“पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गर्छ”, उनले भने, “अदालतले सडक बाहिर नभई प्राप्त मिसिल र कानून हेरेर फैसला गर्नुपर्ने हुन्छ ।”

न्यायाधीश कार्कीले मुद्दा परिसकेपछि सडकमा नारा जुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिए ।

“न्यायाधीशले मिसिलमा प्रमाण के छ ? त्यो हेरेर आदेश–फैसला दिनुपर्छ, पीडितको पक्षमा प्रमाण पर्याप्त छैन भने न्याय पाउने सम्भावना रहँदैन”, उनले भने ।

न्यायाधीश कार्कीले अदालतमा मुद्दा छिटो फैसला गर्न क्यालेन्डर लागू गरेको जानकारी दिए । कोभिड–१९ का कारण उक्त क्यालेन्डर प्रभावित भएको उनको भनाइ छ ।

कार्यक्रममा सञ्चारकर्मीले विपन्नलाई न्याय पाउन मुस्किल रहेको, न्यायालयमा कानून व्यवसायी र कर्मचारीको माध्यमबाट बिचौलिया हाबी भएका भन्दै यस्ता विकृति सुधार ल्याउन नसके अदालतप्रति जनविश्वास घट्ने सुझाव दिए ।

सर्वोच्च अदालतले यही साउन ३० गते वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा न्याय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो ।

समितिमा सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिं राउत, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एकाइका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारी लगायत सदस्य छन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ७ : ३४ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं