संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु : नेता शर्मा « Khabarhub

संसद् पुनःस्थापना हुनेमा विश्वस्त छु : नेता शर्मा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए ।

सङ्कटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गरे । उनले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान अनुरोध गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ८ : १९ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था