‘जोखिम भत्ता’ नपाएको भन्दै चिकित्सक धर्नामा (भिडियोसहित) « Khabarhub

‘जोखिम भत्ता’ नपाएको भन्दै चिकित्सक धर्नामा (भिडियोसहित)


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा बसेका छन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेकाा हुन् । उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।

‘कोभिड जोखिममा अगाडि, जोखिम भत्तामा पछाडि ?,’ ‘आवासीय चिकित्सकको योगदानको सम्मान गरौं, कोभिड जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराऔं।’ लेखिएका प्लेकार्ड बोकेका उनीहरुले आफूहरुमाथि भेदभाव भएको गुनासो समेत गरेका छन् ।

१० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुको आरोप छ ।

हेरौँ भिडियो

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित भएका हुन् । जोखिम भत्ता उपलब्ध गराउन प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : १२ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि