चाँडै परिचय बदलिएको अनुभूति हुन्छः प्रधानमन्त्री « Khabarhub

चाँडै परिचय बदलिएको अनुभूति हुन्छः प्रधानमन्त्री


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिको यात्रामा लम्किएको बताउँदै अब चाँड मुलुकले परिचय बदलिएको अनुभूति गर्ने दाबी गरेका छन् ।

काभ्रेको धुलिखेलमा सञ्जीवनी माविको भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले असम्मान, अपमानजनक अवस्थामा विदेशी भूमिमा दुःख गरिरहेका नेपालीहरुको त्यो परिचय फेर्ने सरकार समृद्धितर्फ लागेको बताएका हुन् ।

निरक्षर, निरपेक्ष गरिबीकै कारण अब विदेश पलायन हुने अवस्था नआउने दाबी गर्दै प्रधानमन्त्री ओलीले अब विदेशमा योग्यता भएका, विज्ञता भएका प्राविधिकहरु, त्यहाँ सीप सिकाउन पठाउन जाने गरी परिचय बदल्ने ठोकुवा गरे ।

उनले अब हामी डिजटल नेपाल, शिक्षित नेपाल, विद्धान नेपालीको यात्रामा लाग्नुपर्ने तर्क गरे । देशको विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रको महत्वपुर्ण भूमका रहने उनले स्पष्ट पारे । त्यसका लागि गुणस्तरीय शिक्षामा सरकार गम्भीरतापूर्वक लागिरहेको दाबी गरे ।

कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल पुनर्निमार्णको यात्रामा धेरै अगाडी बढि सकेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ८ : ४५ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने