पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्ष जेल सजाय « Khabarhub

पुटिनका कट्टर आलोचकलाई साढे तीन वर्ष जेल सजाय


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी विपक्षी नेता एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद हुने फैसला सुनाएका छन्।

केही समयअघि रुस लगिएका उनीमाथी भएको निर्णयको विश्वभरबाट आलोचना भएको छ। न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको प्रतिक्रिया दिए। नाभाल्नीलाई यसअघि आपराधिक मामिलामा गिरफ्तारपछि उनलाई पेरोलमा छोडिएको थियो।

अघिल्लो महिना जर्मनीबाट रुस फर्किएका नाभाल्नीलाई विमानस्थलबाट नै पक्राउ गरिएको थियो। नाभाल्नी रसिया फर्किन साथ पुटिन विरोधी प्रदर्शन बढेको थियो। अहिले पनि रुसका कैयौं ठाउमा पुटिनको विरोधमा प्रदर्शन जारी रहेका छन्।

नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : १९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका