उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार « Khabarhub

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको छ ।

तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी नभएका हुन् ।

‘हामीले खबर गर्नु पर्ने सबैलाई गरेका हौँ, तर उहाँहरू किन आउनु भएन थाहा भएन,’ राष्ट्रपति कार्यालय शितल निवास स्रोतले भन्यो ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि ती पदाधिकारीले संसदीय सुनुवाइबिनै आज शपथग्रहण गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १२ : २४ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी