दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कन्काई नगरपालिका–८ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बिरिङ पुल स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. ११ प ५७६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सख्त घाईते भएका व्यक्तिको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा बा ७९ प ७८८५ मोटरसाईकल चालक झापा शिवसतासी ९ का २३ वर्षिय  करण कार्की गम्भीर घाईते भएका थिए । उनको विर्तामोड स्थित वीएण्ड सी अस्पतालमा उपचार सम्भव नभए पछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

धरानमा समेत उपचार सम्भव पछि भारतको सिलगुडी लाने क्रममा काँकरभिट्टा पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

अर्को मोटरसाईकल चालक दमकका भीमबहादुर लिम्बू र दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ०५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर