दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको कन्काई नगरपालिका–८ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बिरिङ पुल स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. ११ प ५७६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सख्त घाईते भएका व्यक्तिको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा बा ७९ प ७८८५ मोटरसाईकल चालक झापा शिवसतासी ९ का २३ वर्षिय  करण कार्की गम्भीर घाईते भएका थिए । उनको विर्तामोड स्थित वीएण्ड सी अस्पतालमा उपचार सम्भव नभए पछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

धरानमा समेत उपचार सम्भव पछि भारतको सिलगुडी लाने क्रममा काँकरभिट्टा पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

अर्को मोटरसाईकल चालक दमकका भीमबहादुर लिम्बू र दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : ०५ बजे

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि