दाहाल-नेपाल समूहको अनेरास्ववियुले गर्‍यो चक्काजाम | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियुले गर्‍यो चक्काजाम


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विद्यार्थीहरूले मुलुकभर चक्काजाम गरेका हुन् । बुधबार बिहान काठमाडौंको मीनभवन, प्रर्दशनीमार्गलगायतका स्थानमा चक्काजाम गरिएको हो ।

कालो कपडा निधारमा बाँधेर कालो झन्डा देखाउँदै प्रदर्शन गरेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

सरकारको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १ : २० बजे

काठमाडौं जिल्लाव्यापी खेलकुद प्रतियोगिता आइतबारदेखि

काठमाडौं– काठमाडौं महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौं जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’

काठमाडौँ – परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा

प्रहरीमा स्वच्छता, निष्पक्षता, पारदर्शिता हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित