यूवाशक्ति विदेश पलायन रोक्न सरकार गम्भीर बन्नुपर्छ : नेता पौडेल « Khabarhub

यूवाशक्ति विदेश पलायन रोक्न सरकार गम्भीर बन्नुपर्छ : नेता पौडेल


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन।

तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको बताए ।

उनले युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।

“आज जनताको आवश्यकता गाउँ गाउँमा विकास निर्माण हो”, उनले भने । वरिष्ठ नेता पौडेलले गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पुर्‍याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्ने बताए ।

उनले संसद् पुनर्स्थापनाको एकमात्र आशा अदालतमा रहेकाले अदालतले संविधानबमोजिम नै फैसला सुनाउने पौडेलको जिकिर गरे ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै