...अनि कहिल्यै उठेनन् सूर्यबहादुर ! | Khabarhub Khabarhub

…अनि कहिल्यै उठेनन् सूर्यबहादुर !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैनिक भारी बोक्ने काम गर्दै आएका धादिङका सूर्यबहादुर तामाङको लकडाउनको समयमा कीर्तिपुरको सडकपेटीमा मृत्यु भएपछि यो घटनाले धेरैको ध्यानाकृष्ट गर्यो ।

लकडाउनको विभिन्न संघसंस्थाले दिने गरेको खानाले गुजारा गर्दै आएका उनको निधनले लकडाउनमा मजदुरी गरेर खानेहरुको जीवन कसरी चलिरहेको छ भन्ने देखाएको थियो ।

यही घटनाबाट प्रभावित भई अभिनेता सरोज खनालले सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ निर्माण गरेका छन् । धादिङका सूर्यबहादुरलाई समर्पण गरिएको फिल्ममा नाट्यकर्मी तथा अभिनेता सुनिल पोखरेलले सूर्यबहादुरको चरित्र निर्वाह गरेका छन् । भरियाको चरित्रमा देखिएका सुनिलको काम तारिफयोग्य छ । फिल्म यसै साता सार्वजनिक भएको छ ।

कवि सुरज काफ्लेद्वारा लिखित कविता ‘बिहानीमै अस्ताएको सूर्य’ मा आधारित भएर निर्माण गरिएको सर्ट फिल्म कवितात्मक रुपमै प्रस्तुत गरिएको छ । लकडाउनका समयका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका आफ्ना नागरिक भोकै बस्न नपाउने, स्थानीय तहले राहत दिने लगायतका भाषणका केही फुटेज र अडियोलाई फिल्ममा जोडिएको छ ।

सुरजले नै निर्माण गरेको फिल्मको समयावधि १० मिनेटको छ । फिल्ममा सुनिलसँगै गोविन्द श्रेष्ठ, गायत्री लम्साल, दीपेश गुरुङ, निश्चल ठकुरी, सुशीला थापा, केशवजंग शाही, सिरपा मानन्धर र सबिन ढुंगानाको पनि अभिनय छ ।

फिल्ममा अनिल श्रेष्ठ र धन खालिङ राईको छायांकन, निश्चल राजवंशीको ड्रोन, नविन निरौलाको सम्पादन छ । सिन लिम्बू र गुरु भाइ फकिरको संगीत रहेको फिल्ममा अभिमन्यु देवकोटाको प्रोडक्सन छ । फिल्म जून भिजन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ९ : ३८ बजे

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका

भारतद्वारा सिरियालाई मानवीय सहायता प्रदान

काठमाडौं– भारतले सिरियालाई मानवीय सहाता सामग्री प्रदान गरेको छ ।