प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे : संवैधानिक निकायमा पद नपाएको कुण्ठा आमहड्ताल ! « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे : संवैधानिक निकायमा पद नपाएको कुण्ठा आमहड्ताल !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको टिप्पणी गरेका छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत प्रचण्ड–नेपाल समूहप्रति सो टिप्पणी गरेका हुन् ।

‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्‍यो’, उनले भनेका छन् ।

उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् ।

थापाले फेसबुकमा यस्तो लेखेका छन्–

माझण्ड (माधव-झलनाथ-प्रचण्ड)
गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसाे थाम्न गा-हाे प-याे !
न बा-हड्लाल,
न आमा-हड्ताल,
पद नपाएको कुण्ठा ।

Posted by Surya Thapa on Wednesday, 3 February 2021

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ११ : ०६ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२