आबुधाबी टी-१० : सोमपाल आवद्ध अरेबियन्सको चौथो हार « Khabarhub

आबुधाबी टी-१० : सोमपाल आवद्ध अरेबियन्सको चौथो हार


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा चौथो हार व्यहोरेको छ ।

बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो ।

मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्‍यो । आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए । पाउल स्ट्रर्लिङले १५ रन जोडे ।

मराठाका मोसडेक होसेनले १ विकेट लिए । सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए ।

यसअघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए । आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए ।

जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ । मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : १५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी