नेकपा ‘दाहाल–नेपाल’ पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? (भिडियोसहित) « Khabarhub

नेकपा ‘दाहाल–नेपाल’ पक्षले गरेको आमहड्ताल कस्तो रह्यो ? (भिडियोसहित)



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले विहीबार मुलुकभर आह्वान गरिएको आमहड्ताल सफल भएको जनाएको छ ।

प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर गरिएको आमहड्ताल अपराह्न ५ बजेपछि खुलेको हो ।

विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।

उनले भने, ‘नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।’

शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल प्रयोगको आरोप लगाउँदै उनले  सयौं नेता कार्यकर्ता पक्राउ पर्नुका साथै केही नेताहरु घाइते भएको जानकारी दिए ।

नेकपा अध्यक्षद्वय दाहाल र नेपालले के भने ? (हेरौँ भिडियो)

आमहड्तालका क्रममा काठमाडौंमा बिहानीपख छिटफुट मात्रामा सवारी साधन चलेपनि कार्यालय समयपछि भने प्रभाव परेको थियो । आमहडतालमा नेकपाका शीर्ष नेताहरु सहभागी भएका थिए ।

आमहडतामा के के भयो ?  हेरौँ भिडियो

तस्वीरमा हेर्नुहोस् आम हडतालमा देखिएको काठमाडौंः

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ४ : ०१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले