कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोड्नेहरु ‘बर्को ओढेर’ बाटोमै बसेका छन् : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोड्नेहरु ‘बर्को ओढेर’ बाटोमै बसेका छन् : प्रधानमन्त्री (भिडियोसहित)


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष भएको आरोप लगाएका छन् ।

किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नाम नलिए पनि दाहाल–नेपाल पक्षका नेताहरूलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनको विरोधी भएको आरोप लगाएका हुन ।

‘कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूला विरोधी कम्युनिस्टको बर्को बोकेर बाटोमा बसेका छन्। लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका विरोधी उनीहरु नै हुन’ उनले भने, ‘उनीहरुले नै कम्युनिस्ट आन्दोलन बिगारे । कम्युनिस्ट आन्दोलनलाई स्वार्थसँग जोडेर मात्रै हेरे।’

उनले किसान आन्दोलन सामाजिक जागरण र परिर्वतनको लागि भएको र हुने बताए । उनले कृषिमा आधुनिकीकरणका लागि सरकार लागिपरेको बताए ।

हेरौँ भिडियो

‘कृषि क्षेत्रमा अनुदान वास्तविकले पाएका छैनन्। त्यसमा हामीले निगरानी राखेका छौँ’ उनले भने, ‘कृषि क्षेत्रको विकास गर्नका लागि सरकारले अनुदानको व्यवस्था गर्छ। कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि सरकार प्रयासरत छ ।’

कृषि क्षेत्रको विकासमा बाधक माधव नेपाल बनेको उनले आरोप लगाए। ‘हामीले काम गर्न भनेर आयोग घोषणा गर्न खोज्यो। उहाँ उफ्रिहाल्नुहुन्छ’ उनले भने, ‘कृषि र भूमिको क्षेत्रमा सबैभन्दा धेरै समस्या पार्ने नेता उहाँ नै हो।’

उनले गरिबको तरकारी फालेर दाहाल– नेपाल महान क्रान्तीकारी बन्न खोजेको समेत आरोप लगाए ।

उनले भने, ‘गरिबले बेच्न राखेको तरकारी सडकमा फालेर प्रचण्ड-माधवहरु महान क्रान्तीकारी बन्न खोज्दै हुनुहुन्छ । दुःख कष्ट गरेर उब्जाएको तरकारी सडकमा फालेर उहाँहरुले आफूलाई महान क्रान्तीकारी देखाउनुभयो ।’

दाहाल–नेपाल समूहको आमहड्ताललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले जनताका गाडीहरु जलाएर उनीहरु जनताको रमिता हेर्न गाडीमा हिडिरहेको  आरोप लगाए ।

‘जनतालाई सास्ती दिने गरी बन्द गर्ने अनि जनताले पाएको सास्ती हेर्न उहाँ (प्रचण्ड) गाडी चढेर रमिता हेर्न जानु भएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्का माधव नेपाललाई गाडी चढेरै जान अलि शरम भएछ उहाँ बाइक चढेर रमिता हेर्न जानुभएछ।’

आमहड्तालमा कार्यकर्ता कम भएका कारण उनीहरु आफैं बन्दमा सहभागी भएको समेत ओलीली टिप्पणी गरे ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ५ : २१ बजे

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको

हावाहुरी, वर्षा र हिमपातको चेतावनी, सतर्कता रहन आग्रह 

काठमाडौं– देशभर प्रिमनसुन सक्रिय भएसँगै मौसममा तीव्र उतारचढाव देखिन थालेको

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका