आमहड्तालका क्रममा जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो | Khabarhub Khabarhub

आमहड्तालका क्रममा जनकपुरमा घाइते नेकपाका ४ नेतालाई काठमाडौँ ल्याइयो


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा घाइते भएका नेकपा नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आमहड्तालका क्रममा घाइते भएका नेता झा सहित पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो ।

नेता झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्ज गर्दा झा सहितका नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

घाइतेहरुलाई प्राथमिक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । अस्पतालले उनीहरुलाई जनकपुरबाट काठमाडौं रिफर गरेको हो । अस्पतालले जनाए अनुसार नेता झाको श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।

‘उहाँको मुटुको चाल ठीक छैन। सास लिन समेत कठिनाइ भइरहेको छ। यहाँ मुटु विशेषज्ञ डाक्टर नरहेकाले काठमाडौं रिफर गरिएको छ,’ प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर प्रमोद यादवले जानकारी दिए।

काठमाडौँ ल्याइएका सबै घाइतेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरधामको शिवचोकमा भएको झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाई फायर गर्नुका साथै केही शेल अश्रुंग्यास प्रहार गरेको नेकपाका नेताहरुले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  ६ : ३२ बजे

टरुवा तालको जलकुम्भी हटाइँदै

नवलपरासी– जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं – बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा

इजरायलमा इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

जेरूसेलम – इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार

शिक्षासहित संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ