सत्ता लम्ब्याउन ओलीले चुनावको नाटक गरेको नेता भट्टराईको आरोप « Khabarhub

सत्ता लम्ब्याउन ओलीले चुनावको नाटक गरेको नेता भट्टराईको आरोप


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरेको आरोप लगाएका छन ।

संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन ।

प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए ।

उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’

प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर ओलीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि आरोप लगाए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ०५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था