निर्माण उपकरणमा आगजनीको निन्दा « Khabarhub

निर्माण उपकरणमा आगजनीको निन्दा


२२ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने, उपकरणमा आगजनी गर्नेजस्ता हिंसात्मक घटना नरोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

लमजुङमा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडकखण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ ।

राइनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासंघले पटकपटक प्रधानमन्त्रीसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासचिव दाहालले बताए ।

तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले विज्ञप्तिमार्फत पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार  १० : ४६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा