तत्काल केन्द्रीय समिति बैठक राख्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग « Khabarhub

तत्काल केन्द्रीय समिति बैठक राख्न कांग्रेस वरिष्ठ नेता पौडेलको माग


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल पार्टीको केन्द्रीय समिति बैठक राख्न सभापति शेरबहादुर देउवासँग माग गरेका छन्।

देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पर्ने उनले पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लगातार ट्वीट गर्दै पौडेलले भनेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो । यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।’

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ७ : १२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र