सेनाका गाडी गुडाउँदैमा तर्सिन्नौँ, ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल « Khabarhub

सेनाका गाडी गुडाउँदैमा तर्सिन्नौँ, ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सेनाका बख्तरबन्द गाडी चक्रपथमा घुमाउँदैमा प्रधानमन्त्री ओलीबाट कोही नडराउने बताएका छन्।

ललितपुरमा नेकपा बिटमा रिपोर्टिङ गर्ने केही पत्रकारसँगको अन्तरक्रियामा नेता नेपालले चोइटिएको ओली समूहको इसारामा हुने कुनै पनि कामबाट नडराइने जनाए ।

‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने ।

ओलीले विधि र पद्धति मिच्दा आजको अवस्था आइलागेको पनि उनले बताए ।

‘केपी ओली विधि, पद्धति र विचारबाट विचलित भएर एक झुण्डको नेतृत्वमा छन्। त्यो पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ।’

बिहीबार गरिएको आमहडतालका क्रममा दमन भएको पनि उनले विरोध गरेका छन् । ओलीको निर्देशनमा प्रहरीले ज्यादती, दमन र निरंकुशता देखाएको आरोप लगाए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ०२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था