तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « Khabarhub

तनहुँमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–६ र व्यास नगरपालिका–१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो ।

सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिदा बालकका आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।

मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ । सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा ४ ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : १३ बजे

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान