आज २०७७ माघ २४ गते शनिबारको राशिफल « Khabarhub

आज २०७७ माघ २४ गते शनिबारको राशिफल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ माघ २४ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृष

काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मिथुन

लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।

कर्कट

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

 सिंह

अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ ।

कन्या

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।

तुला

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

बृश्चिक

शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

मकर

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

कुम्भ

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्ला । दाजुभाइसँगको सम्बन्ध राम्रो बन्नेछ । अचल सम्पत्ती हात पार्ने योग छ ।

मीन

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ५ : ३१ बजे

हरेक मतदान बुथमा एमालेबाट ३० जना भोलेन्टियर्स फोर्स खटिने

झापा, दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले

‘रुखमा बाँधेर बाटो बनाउने’ बालेनको अभिव्यक्ति आपत्तिजनक, माफी माग्नुपर्ने निर्माण व्यसायीको अडान

काठमाडौं- निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ राष्ट्रिय

दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेशनल भोलेन्टियर

बागमती प्रदेश समिति सदस्य चौलागाईंले पनि छाडे रास्वपा

चरीकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश समिति सदस्य

एनआरएनलाई फुटबाट जोगाएर एक ढिक्का बनाउन मेरो उम्मेदवारी : रोविन शेरचन

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका प्रत्यासी रोविन शेरचनले