समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ « Khabarhub

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताएका छन ।

गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्दै उनले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताए ।

राष्ट्रियता प्रवर्द्धन हुने गीत सङ्गीत सृजना गर्न मन्त्री गुरुङले स्रष्टासँग आह्वान गरे ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्रेष्ठ, गीतकार देवेन्द्र केसी, गीतकार एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, विज्ञापन बोर्डका सदस्य बलराम थापा, गायक राजनराज शिवाकोटी, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, नेपाल टेलिभिजनका सञ्चालक सदस्य बालकृष्ण बस्नेत, एल्बमकी प्रस्तोता तारा कार्कीलगायतले शालीन गीत एवं सङ्गीत, भाषा र संस्कृति रहेसम्म रहने भएकाले यसतर्फ स्रष्टाको ध्यान जानुपर्नेमा जोड दिए ।

विसं २०५६ देखि लोकगीतमार्फत् गायन क्षेत्रमा प्रवेश गर्नुभएका गायकको यो पहिलो गीति एल्बम हो । एल्बममा आठ गीत छन् । सातवटा गीतमा गायक कार्कीको एकल गायन रहेको छ । एउटा गीतमा भने गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०५ बजे

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी