समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ « Khabarhub

समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समृद्ध नेपालको गन्तव्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताएका छन ।

गायक नवीन कार्कीको पहिलो गीति एल्बम ‘नवीन’को आज राजधानीमा लोकार्पण गर्दै उनले समृद्ध नेपालको मार्गमा आउने खराब पात्र पछि हट्दै जाने बताए ।

राष्ट्रियता प्रवर्द्धन हुने गीत सङ्गीत सृजना गर्न मन्त्री गुरुङले स्रष्टासँग आह्वान गरे ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्तिवल्लभ श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित व्यक्तित्व श्रेष्ठ, गीतकार देवेन्द्र केसी, गीतकार एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा, विज्ञापन बोर्डका सदस्य बलराम थापा, गायक राजनराज शिवाकोटी, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, नेपाल टेलिभिजनका सञ्चालक सदस्य बालकृष्ण बस्नेत, एल्बमकी प्रस्तोता तारा कार्कीलगायतले शालीन गीत एवं सङ्गीत, भाषा र संस्कृति रहेसम्म रहने भएकाले यसतर्फ स्रष्टाको ध्यान जानुपर्नेमा जोड दिए ।

विसं २०५६ देखि लोकगीतमार्फत् गायन क्षेत्रमा प्रवेश गर्नुभएका गायकको यो पहिलो गीति एल्बम हो । एल्बममा आठ गीत छन् । सातवटा गीतमा गायक कार्कीको एकल गायन रहेको छ । एउटा गीतमा भने गायिका माण्डवी त्रिपाठीको पनि स्वर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ