बैतडी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह « Khabarhub

बैतडी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त अनुसन्धानका क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहतसमेत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ घर भई सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीया भागरथी भट्टको यही माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ ।

आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा बीभत्स हत्या गरी निजलाई फालिएको बुझिएको आयोगको विज्ञप्तिमा छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : १७ बजे

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक