ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो : मन्त्री नेम्वाङ « Khabarhub

ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो : मन्त्री नेम्वाङ


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको दाबी गरेका छन ।

कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे ।

उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उहाँले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए ।

उनले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताए । जो अहिलेसम्म सूर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सूर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद भएको उल्लेख गर्दै आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहने बताए ।

वि.सं २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल विसं २०७७ असोजमा सम्पन्न भएको थियो । पच्चीस मिटर लामो उक्त पुल रु चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो ।

पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ । पुल सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : ५६ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग