दक्षिण अफ्रिकामा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक « Khabarhub

दक्षिण अफ्रिकामा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउन रोक


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा प्रभावकारी नभएपछि त्यसको प्रयोग रोकिएको दक्षिण अफ्रिका सरकारले जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट प्रभावित रहेको पाइएको छ।

अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले उक्त प्रकारको कोभिड-१९ का हल्का तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ ।

दुई हजार हाराहारी मानिस सम्मिलित एउटा अध्ययनले सो खोपको प्रभावकारिता नभएको पुष्टि गरेको जनाइएको छ ।

दक्षिण अफ्रिकाले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपको १० लाख मात्रा प्राप्त गरिसकेको थियो । आगामी सातादेखि खोप अभियान थाल्ने तयारी भइरहेका बेला प्रभावकारितामा प्रश्न उठाउँदै खोप लगाउन नै रोक लगाइएको हो ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : १५ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर