सलमानसँग विवाह गर्न अमेरिकाबाट मुम्बई ! « Khabarhub

सलमानसँग विवाह गर्न अमेरिकाबाट मुम्बई !


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पाकिस्तानी मूलकी अभिनेत्री सोमी अली यतिबेला अभिनेता सलमान खानका कारण चर्चामा छिन् । उनी सन् १९९१ मा सलमानसँग विवाह गर्न भनेर अमेरिकाबाट मुम्बई आएकी थिइन् ।

यो समयमा उनको उमेर १६ वर्षको थियो । मुम्बई आएपछि उनी सलमानसँग नजिकमात्र भइनन्, उनले अभिनय पनि गरिन् । तर उनीहरुले अभिनय गरेको त्यो फिल्म रिलिज हुन सकेन । त्यो समयमा उनीहरुबीचको सम्बन्धले राम्रै चर्चा पाएको थियो ।

‘मैले १६ वर्षको उमेरमा सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको थिएँ । त्यो फिल्म हेरेपछि मैले यही केटासँग विवाह गर्छु भनेर निर्णय लिएँ’, उनले भनेकी छन्, ‘मैले आमासँग भोलि भारत जाँदैछु भनें । आमासँग निकै जिद्दी गरें । मुम्बईमा हाम्रो एक नातेदार थिए । मैले उनीलाई भेट्न र ताजमहल हेर्ने बहाना बनाएर भारत जानका लागि आमाबाबुलाई मनाएँ । म पाकिस्तानमा केही दिन बसेपछि मुम्बई गएँ ।’

मुम्बई आएपछि उनले फोटोग्राफर राजाध्यक्षसँग आफ्नो फोटोसुट गराइन् र प्रोडक्सन हाउसमा जान थालिन् । यही क्रममा एकदिन एक प्रोडक्सन हाउसमा सलमानको नजर सोमीमाथि पर्यो । त्यसपछि उनले सोमीलाई फिल्म ‘बुलन्द’को अडिसनमा बोलाए । भलै यो फिल्म रिलिज त भएन, तर सोमीलाई भने अन्य फिल्मबाट अफर आउन थाल्यो ।

लामो समयसम्म सलमानसँग डेट गरेपछि सन् १९९९मा उनीहरुको सम्बन्ध टुट्यो । सम्बन्ध टुटेपछि उनी अमेरिका फर्किइन् र आफ्नो पढाइ शुरु गरिन् । सोमी अहिले ‘नो मोर टियर्स’ नामक एनजीओ चलाउँछिन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ३ : १८ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष