आयात प्रतिशत घट्दा बढ्यो निर्यात « Khabarhub

आयात प्रतिशत घट्दा बढ्यो निर्यात


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र चार प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैँची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, पस्मिना, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायत वस्तुको निर्यात घटेको छ । यस्तै आव २०७७/७८ को ६ महिनामा कूल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ र १७.४ प्रतिशतले कमी आएको छ । आव २०७७÷७८ को ६ महिनामा कूल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर ६ खर्ब ४५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ४७ बजे

पदाधिकारी व्यवस्थापन गर्न ओलीलाई मुस्किल, असन्तुष्ट तान्ने दाउमा पोखरेल

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा उद्घाटन शत्र सकिएपछि नयाँ

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा