शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध « Khabarhub

शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका आधारमा कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो ।

शिक्षा मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको पत्रमा उल्लेख गरेको छ ।

यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक शैक्षिक सरोकारवाला निकायहरुले लाखौ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको बताए ।

त्यस्तै, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्तिको सूचीमा शिक्षकलाई राख्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको बताए ।

सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरु गरेको छ । गत माघ १४ गतेबाट चलेको खोप अभियान अन्तर्गत दोस्रो चरण सोमबार सुरु भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते पत्रचार गरेर कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको विवरण संकलन गरिसकेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागले शिक्षा मन्त्रालयलाई कोरोना खोपको लागि निजी तथा सामुदायिक विद्यालयका शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरेको हो ।

शिक्षा सचिव गोपीनाथ मैनालीले सोमबार शुरु भएको खोप अभियान पहिलो प्राथमिकताकै दोस्रो चरण भएको बताएका छन् । खोपको प्राथमिकता निर्धारण गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको र त्यो यथावत रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ०० बजे

छैटौं पटक अनशनमा रूबी : निर्मला कुर्मीको न्यायका लागि प्रहरी कार्यालय परिसरबाटै गुहार्दै सरकार

काठमाडौं– अधिकारकर्मी रुबी खान पछिल्लो १३ दिनदेखि जिल्ला प्रहरी कार्यालय

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

काठमाडौं- सरकारले ‘भन्सार नियमावली, २०६४’ लाई खारेज गर्दै नयाँ ‘भन्सार

इरानलाई अमेरिकाको नयाँ प्रस्ताव : परमाणु कार्यक्रम रोक्नेदेखि हर्मजु स्ट्रेट खोल्नेसम्म

वासिङ्टन- अमेरिकाले इरानसँग युद्धविरामका लागि फेरि नयाँ प्रस्ताव पठाएको छ।

कतारी तटनजिकै जहाजमा हमला, खार्ग टापुबाट तेल चुहिएर समुद्रतिर

दोहा- कतारको तट नजिएकै एउटा जहाजमा आक्रमण भएको छ। बेलायती

मुख्यमन्त्री बनेपछि विजयको सम्बोधन : धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित नयाँ युग सुरू भयो

चेन्नई- तमिलगा भेत्री कझगम (टीभीके) पार्टीका प्रमुख सी. जोसेफ विजयले