'कोरोना खोप लगाउन पत्रकारलाई सूचना विभागको परिचयपत्र अनिवार्य छैन’ | Khabarhub Khabarhub

‘कोरोना खोप लगाउन पत्रकारलाई सूचना विभागको परिचयपत्र अनिवार्य छैन’


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन अब सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ ।

यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासङ्घको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।

सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ ।

खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।-रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ७ : १७ बजे

बारम्बर किन उठ्छ बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहस ?

सुर्खेत – गत शनिबार बाँकेको कोहलपुरमा आयोजित तेस्रो मुख्यमन्त्री कोहलपुर

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

किएभ– युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने