घर वा पसलमा समस्या भए स्थापना गर्नुहोस् यी ५ यन्त्र | Khabarhub Khabarhub

घर वा पसलमा समस्या भए स्थापना गर्नुहोस् यी ५ यन्त्र


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लगन र मेहनतका साथ निर्माण गरेका बावजुद केही असावधानीका कारण भवनमा वास्तुदोष रहन्छ । जसका कारण शारीरिक, मानसिक र आर्थिक क्षति व्योहोर्नु पर्ने हुनसक्छ । यस प्रकारको समस्या लगातार आएमा वास्तुका केही सरल उपाय मार्फत ती वास्तु दोष कम गर्न सकिन्छ ।

हनुमान यन्त्र
धार्मीक मान्यता अनुसार हनुमान यन्त्र अर्थात मारुति यन्त्रको उपयोग प्रभावकारी मानिन्छ । यदि कसैको जग्गा जमीन बिक्रि भइरहेको छैन वा विवाद रहेको छ भने मंगलवारको दिन पारेर मध्यान्न १२ बजे यस यन्त्रलाई सम्बन्धित भूमिमा पूर्व वा ईशान दिशामा सवा हात गहिरो खाल्डो खनेर राख्ने र माथिबाट दूध वा गंगाजलको अर्पण गरेमा केही महिनाभित्रै समस्या समाधान हुने मान्यता छ । यो उपाय सवारी साधनको सुरक्षामा पनि उपयोगी हुन्छ ।

शुद्ध चाँदीको श्रीयन्त्र
श्रीयन्त्रलाई माता लक्ष्मीको स्वरुव मानिन्छ । ऐश्वर्य र धनलक्ष्मीको वृद्धि गर्न वास्तुमा यस यन्त्रको प्रयोग गरीन्छ । यदि पसलमा राम्रो आम्दानी भएको छैन, रोकिएको धन फिर्ता भएन वा व्यवसायबाट विरक्त लागेको छ भने पसलको उत्तर दिशामा शुद्ध चाँदीको श्रीयन्त्र राख्नु लाभकारी हुन्छ ।

दिक्दोषनाशक यन्त्र
दिक्दोषनाशक यन्त्रको प्रयोग वास्तुदोष निवारण गर्न महत्वपूर्ण मानिन्छ । यस यन्त्रमा सबै दिशाका र दिक्पालका देवता रहने भएकाले पूजनीय मानिन्छ । यदि घरमा बाथरुम, भान्सा लगायतका कोठा गलत दिशामा बनेका भए यो यन्त्रको स्थापना गरे बास्तु दोष नष्ट हुन्छ ।

वरुण यन्त्र
वरुण यन्त्र प्रभावकारी वास्तु यन्त्र मानिन्छ । यसले जल सम्बन्धीका समस्त दोष निवारण गर्दछ । यदि जलस्थान, धारा, पानिको ट्याकिंमा समस्या भएमा, अग्नि कोण वा गलत दिशामा बनेमा यस यन्त्रको स्थापना गरी पूजा गरेमा जल सम्बन्धीका सबै दोष नष्ट हुन्छ ।

सर्वमंगल वास्तु यन्त्र
सर्वमंगल वास्तु यन्त्र वास्तु सम्बन्धी सबै प्रकारका दोष निवारण गर्नुका साथै सबै प्रकारका मंगल कामनाकालागी अचूक मानिन्छ ।

द्वारदोषनाशक तोरण
यो एक विशिष्ठ प्रकारको तोरण हो, जो घरको मुख्य र सहायक द्वार सम्बन्धी दोष निवारणमा स्थापना गरीन्छ । साथै यसले घर बाहिरको बाहरी विपद्बाट पनि बचाउँछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ४१ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको