मतदाता नामावली अद्यावधिक शुरु « Khabarhub

मतदाता नामावली अद्यावधिक शुरु


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ ।

स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् ।

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार पुस ५ गतेसम्म ८२ हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । सो नामावलीबाट १८ वर्ष नपुगेकालाई हटाउन ८१ हजार २६५ नाम कायम भएको छ ।

अठार वर्ष नपुगेका, मृत्यु, बसाइँसराइ गरेका र नागरिकता त्यागेकाको नाम हटाएपछि मतदाताको सङ्ख्या एकिन हुने जनाइएको छ । आगामी निर्वाचनमा म्याग्दीमा एक मतदान केन्द्र परिवर्तन र दुई नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

मङ्गला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत र अन्नपूर्ण गाउँपालिका–८ को हिमाञ्चल माविमा मतदाता थप गर्न सिफारिस गरिएको हो । बेनी नगरपालिका–५ को चेतना आधारभूत विद्यालयको मतदान केन्द्रलाई जनकल्याण माविको केन्द्रमा गाभ्ने र जनकल्याणको एक मतदान केन्द्रलाई सोही वडाको डिम्म आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको हो ।

एक मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुनुपर्ने नीतिगत व्यवस्था छ । यसअघि म्याग्दीमा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ०५ बजे

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित