सभापति देउवाद्वारा जोशीको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

जोशीको कञ्चनपुरको महेन्द्रनगरमा हृदयघातबाट आज ८५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक शोक वक्तव्यमार्फत जोशीको निधनको खबरले आफू निकै मर्माहत र स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेता जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले उनले निधनले कांग्रेसले एक कर्मठ नेता गुमाएको उल्लेख गरेका छन् ।

स्व जोशी उच्च रक्तचापबाट पीडित थिए । जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी सङ्घठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए । स्व जोशी कांग्रेसको भ्रातृ संस्था नेपाल किसान सङ्घको संस्थापक सदस्य एवं पूर्वउपसभापति समेत थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : ५० बजे

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो