भागरथी हत्यारा पत्ता लगाउन माग राख्दै सरकारलाई ज्ञापनपत्र | Khabarhub Khabarhub

भागरथी हत्यारा पत्ता लगाउन माग राख्दै सरकारलाई ज्ञापनपत्र


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

घटना भएको एक हप्ता भइसक्दासमेत हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ ।

घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले जानकारी दिए ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ ।

दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जोशीले दोषी छिट्टै पत्ता लाग्ने बताए ।

यता दोषी पत्ता नलाग्दा हदैसम्मको कारवाही नहुँदासम्म शव नबुझ्ने भागरथीका परिवारले अडान राखेका छन् । चार दिन अगाडि जिल्ला अस्पतालमा परीक्षण गरिएको शवलाई अझै बुझ्न मानेका छैनन् ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको जङ्गलमा विभत्स र निर्वस्त्ररुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

माघ २६ गते सार्वजनिक शव परीक्षणमा भागरथीको बलात्कारपछि हत्या गरेको उल्लेख गरिएको छ ।

निर्मलाको जस्तै भागरथीका हत्यारा पत्ता नलाग्ने हो कि भन्ने आशङ्का पैदा भइरहेका बेला प्रहरीले भने सफलता नजिक पुगेको जनाएको छ ।

सुक्ष्म अनुसन्धान र अध्ययन भइरहेकाले सफलता नजिक पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“विभिन्न कोणबाट अध्ययन, अनुसन्धान गरिरहेका छौँ, छिट्टै सफलता प्राप्त गर्छौं”, उनले भने, “अनुसन्धान साँघुरिँदै गएको छ, हामी सफलताको एकदमै नजिक छौँ, अहिले नै सबै कुरा भन्न मिल्दैन ।”

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ११ : ०५ बजे

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ